युवामञ्च २०६६ चैत
विश्वका चर्चित केही भविष्यवाणी
सुरेशकुमार यादव
विगतमा केही यस्ता विशिष्ठ भविष्यवाणी भएका छन् जसले आजको वैज्ञानिक युगलाई नै अचम्मित तुल्याइदिइएको छ । विश्वयुद्धदेखि राजीव गान्धीको हत्या, इन्दिरा गान्धीको सत्तारोहण, चन्द्रमामा मान्छेको पदारोहण, महाभूकम्पजस्ता केही विषयमा भविष्यवेत्ता -ज्योतिषविद्)हरूले पहिलो भविष्यवाणी गरेका थिए । विश्वको भविष्यसँग सम्बन्ध राख्ने यस्ता धेरै घटनाहरू छन् जसको भविष्यवाणी आजभन्दा सयौँ वर्ष पहिले भइसकेका छन् र आज ती क्रमशः सावित भइरहेका छन् ।
विश्वमा भएका चर्चित भविष्यवाणीहरूमध्ये सबभन्दा बढी प|mान्सका ज्योतिर्विद मिशेल डि नास्त्रेदम्सको रहेको छ । आजसम्म विश्वमा जति पनि विशेष घटना भएको छ ती सबैको भविष्यवाणी नास्त्रेदम्सले चार सय वर्ष पहिले नै गरिसकेका थिए । उनले राजीव गान्धीको बारेमा यस्तो भविष्यवाणी गरेका थिए- 'एकजना विमान चालकले आˆनो पेसा परित्याग गरी देशको सर्वोच्च पदमा आसीन हुनेछ । सात वर्षसम्म ख्याति प्राप्त गरेपछि उनको विरुद्धमा यस्तो कारवाही हुन्छ कि वेनिस -इटलीको एक शहर) स्तब्ध हुनेछ । त्यो भविष्यवाणी १९८४ मा आएर राजीव गान्धीमाथि सत्य सावित भयो । सन् १९८४ मा इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धी प्रधानमन्त्री भए र १९९१ मा सात वर्ष पूरा भएपछि आत्मघाती बम काण्डमा उनको मृत्यु भयो । यहाँ वेनिस स्तब्ध भनेको सोनिया गान्धीको लागि लागू हुन्छ किनभने उनी इटलीका हुन् र राजीव गान्धीको अन्त्य भएपछि सबभन्दा बढी स्तब्ध सोनिया भएकी थिइन् ।
श्रीमती इन्दिरा गान्धीको बारेमा पनि यस्तै भविष्यवाणी भएको थियो । निष्काशित महिला पुनः सत्तारुढ हुनेछ र उनको शत्रुले षड्यन्त्र गरे पनि कार्यकाल यादगार हुनेछिन् सत्तरी वर्षको उमेरमा उनको मृत्यु हुनेछ भनी गरिएको भविष्यवाणी इन्दिरा गान्धीमा ठ्याक्कै मिलेको थियो ।
अयोध्याको राममन्दिर र बाबरी मस्जिदको बारेमा पनि भष्यिवाणी भएको थियो । १९९० तिर मन्दिर र मस्जिदको विवादले हिन्दू र मुसलमानबीच विवाद भएको थियो हिन्दूहरूले मस्जिद माथि आˆनो झण्डा लहराएका थिए जसमा थुप्रैको ज्यान गएको थियो । महात्मा गान्धीको हत्याको बारेमा उत्तरप्रदेशको एकजना ११ वषर्ीय सुधाले २७ जनवरी १९४८ मा भविष्यवाणी गरेका थिए । बच्चा भएको कारणले कसैले वास्ता गरेनन् । त्यसको ठीक तीन दिनपछि ३० जनवरी १९४८ मा महात्मा गान्धीको हत्या भएको थियो । अमेरिकाका पूर्व नायिका तथा अहिलेका भविष्यवेत्ता केबि्रन किंकेडाले पनि अमेरिकामा अद्भूत भविष्यवाणी गरेकी थिइन् । अमेरिकामा कसैको हत्या हुँदैछ भने आˆनो आन्तरिक शक्तिले उनलाई पूर्व नै अभास हुन्थ्यो वा केही सङ्केत दिन्थ्यो । अमेरिकी प्रहरीलाई थुप्रै हत्यारा समात्नमा पनि सहयोग गरेकी थिइन् । उनले १९७४ मा राष्ट्रपति रिचर्ड निक्सनले आˆनो पदबाट राजीनामा दिनेछ भनी भविष्यवाणी गरेकी थिइन् तर कसैले पत्याएनन् किनभने सम्पूर्ण परिस्थिति राष्ट्रपतिको पक्षमा थियो तर केहीदिन नबित्दै राष्ट्रपतिले राजीनामा दिनु परेको थियो ।
विश्वमा चर्चित मानिएका इटालीका शासक नेपोलियन बोनापार्टको बारेमा पनि पहिलै भविष्यवाणी भइसकेको थियो । इटलीमा एउटा यस्ता शासकले जन्म लिन्छ जुन साम्राज्यको लागि महँगो हुनेछ र उनको विरोधीले उनलाई राजा कम कसाइ बढी मान्नेछ भनी भविष्यवाणी गरिएको थियो । सन् १८०४ मा स्वयंलाई प|mान्सको सम्राट् घोषित गर्ने नेपोलियनको शासनकाल धेरै महँगो सावित भएको थियो । नेपोलियनले प|mान्समाथि शासन गर्ने कुराको मात्र होइन उनको बारेमा हरेक कुराको भविष्यवाणी भएको थियो । नेपोलियनले आˆनै बहिनी ज्वाइँबाट पाएको धोका, नेपोलियनको विरोधमा सात राष्ट्रको गठबन्धन तथा नेपोलियनको अन्त्यलगायत उनको जीवनको महìवपूर्ण समयको बारेमा समेत भएको भविष्यवाणीका इतिहासहरूले देखाउँछ ।
एउटा अचम्मको भविष्यवाणी कस्तो भएको थियो भने नास्त्रेदम्सले एकजनाको नाम नै तोकेर सैयौँ वर्ष पहिले भविष्यवाणी गरेका थिए । उनको भविष्यवाणी जीवाणु र हावाबाट रोग फैलिने तथा रेबिज रोगका बारेमा पत्ता लगाएका लुइस पाश्चरको बारेमा भएको थियो । कालजयी कृति 'सेन्चुरिज' मा उल्लेख भएअनुसार केही शताब्दीपश्चात् एउटा अज्ञात वस्तुको पत्ता लाग्नेछ र मानवले पाश्चरलाई भगवान् जस्तो पुज्नेछ । यो तब हुन्छ जब चन्द्रमाले आˆनो परिक्रमा पूरा गरिरहेको हुन्छ तर उनले अपमानको सामना पनि गर्नुपर्ने हुन्छ । त्यस्तै भयो पनि प|mान्सको रसायनशास्त्री लुइस पाश्चरले सबभन्दा पहिले संसारलाई जानकारी गराएका कि जीवाणुले हावालाई प्रदूषित गरेको हुन्छ । उनले करिब १८०० ईस्वीमा रेबिज रोगको औषधि पत्ता लगाए । यस भविष्यवाणीले वैज्ञानिक क्षेत्रमा निकै हलचल ल्याएको थियो र खोजीको विषय बनेको थियो ।
अमेरिकाका पूर्व राष्ट्रपति जोन एफ केनेडी जसको हत्या २२ नभेम्बर १९६३ मा भएको थियो । हत्यापूर्व नै एकजना ज्योतिषविज्ञले यसको भविष्यवाणी गरिसकेका थिए । दोस्रो विश्व युद्ध हुनुपूर्व भविष्यवेत्ताहरूले युद्धको बारेमा खाका तयार गरिसकेका थिए । 'सर्पले आकाशलाई घेर्छ । प|mान्सेसी रक्त स्पेनको उत्तेजनात्मक कारबाहीको कारण उब्जिनेछ । सङ्ख्यामा धरै कमी आउनेछ । नेताहरू भाग्ने छन् । नदी, समुद्र र भूमिस्थलहरू थर्किनेछन् ।' दुई-तीन सय वर्ष पहिले गरेको यो भविष्यवाणी दोस्रो विश्व युद्ध भएपछि मात्र पुष्टि भयो ।
'जनता एउटा नयाँ अभिनयको दृश्य हेर्नका लागि एक ठाउँमा भेला हुनेछन् । दर्शकमा राजकुमार र नरेश पनि सामेल हुनेछन् । स्तम्भ र पर्खालहरू ध्वस्त हुनेछन् तर एक चमत्कारले नरेश र त्यहाँ उपस्थित ३० अन्य व्यक्ति बाँच्ने छन् ।' यो भविष्यवाणी हो प|mान्सका एकजना ज्योतिषविज्ञले गरेको हिटलरलाई हत्या गर्ने षड्यन्त्रको बारेमा । कुरा १९३९ तिरको हो । द्वितीय विश्वयुद्धको प्रारम्भिक वर्षमा हिटलरलाई हत्या गर्ने प्रयास भएको थियो तर विशेष कामको कारण तोकिएको समयभन्दा केही पहिले सभाबाट निस्केपछि षड्यन्त्रबाट बच्न सफल भएको थियो । हिटलर सभाबाट निस्किने बित्तिकै ठूलो धामाकामा बम विस्फोट भएको थियो । त्यसबेला उनीसहित तीसजनाको ज्यान जोगिएको थियो । प|mान्सका भविष्यवेत्ताले गरेको यस्तो भविष्यवाणीको जानकारी उनका ज्योतिषी मण्डलीका एकजना सदस्य कार्ल अर्नेस्ट क्राफ्ट -स्विट्जरल्याण्ड) ले जानकारी पाइसकेका थिए यस कुराको जानकारी उनले हिटलरलाई समेत गराइसकेका थिए ।
ज्योतिषविद् लुई वार्नर हैमन -किरो)ले बि्रटेनको युवराज एवर्डको बारेमा भविष्यवाणी गर्नुभएको थियो । युवराजको मृत्यु ६९ वर्षको उमेरमा हुनेछ र त्यसअघि राजसिंहासन पनि सम्हाल्ने छन् । भविष्यवेत्ता किरोले यसप्रकारको थुप्रै भविष्यवाणी गरेका थिए जो अद्भूत र चाम्तकारि थियो ।
एकजना ग्रीकका इतिहासकार हेरोडोट्सले भविष्यवाणी गरेअनुसार फारसका युवराज जरसेल्सेसले रोममाथि विजय प्राप्त गरेका थिए । सन् १८८८ को कुरा हो । लन्डनमा महिलाको हत्याले आतङ्क मच्चिएको थियो तर हत्यारा पत्ता लागिरहेको थिएन । सारादेश हैरानीमा थियो तर पत्ता लागेन । त्यसैबखत इङ्ल्यान्डका एक ज्योतिष राबर्टले आˆनो ज्योतिष शक्तिको कारणले हत्यारा पत्ता लगाए । हत्यारा एकजना प्रहरी नै थिए जसले वेश्यावृत्तिमा लागेका महिलालाई हत्या गर्ने गर्दथ्यो । यसप्रकार विश्वमा राजनीतिक घटनाक्रम, राजनेताको मृत्यु, विनाशकारी भूकम्प, महामारी चन्द्रामामा मानवको विजयलगायतका बारेमा भविष्यवाणी भएको थियो ।
नेपालमा भएको दरबार हत्याकाण्डको भविष्यवाणी भारतका एक ज्योतिषले गरेका थिए भन्ने कुरा घटनाको बेला पत्रपत्रिकामा पनि छापिएका थिए । त्यस्तै पूर्व युवराज दीपेन्द शाह कहिले राजा बन्न सक्दैनन् भने कुराको भविष्यवाणी नेपालकै एक ज्योतिषले गरेका थिए । आखिर त्यस्तै भयो पनि । ज्ञानेन्द्रले तीन वर्षको उमेरमा राजगद्दी सम्हालेपछिको दिन भारतको एक ज्योतिषबाट जानकारी लिँदा उनले पुनः राजगद्दी पाउने भविष्यवाणी गरेका थिए । १९९० मा आएको विनाशकारी भूकम्पको बारेमा पनि भविष्यवाणी भएको थियो तर कुनै पनि भविष्यवाणी कसैलाई तोकेर गरेको हुँदैन । कुनै घटना भएपछि मात्र त्यो कुराको पुष्टि हुन्छ कि फलानो ज्योतिषले फलानो समयमा यस्तो भनेका थिए र आज यस्तो भयो ।
भविष्यवेत्ता मायानले सन् २०१२ डिसेम्बर २१ मा विश्वमा प्रलय हुने भविष्यवाणी गरेका छन् र अहिले यो चर्चाको विषय बनेको छ । भर्खरै यस विषयमा भारतको बनारसमा एउटा गोष्ठी नै सम्पन्न भएको छ जहाँ विश्वका चर्चित ज्योतिषहरूको उपस्थित रहेको ज्योतिष वासुदेव शास्त्रीले बताए । उनका अनुसार सो गोष्ठीमा विभिन्न कार्यपत्र प्रस्तुत भएको थियो जसमा विनाशका लागि उथलपुथल, भूकम्प वा महामारीसम्म आउन सक्ने उल्लेख भएको बताइन्छ । यता तेस्रो विश्व युद्ध हुने कुराको दावी ज्योतिषहरूले गरिसकेका छन् र यस्तो भविष्यवाणीको लिपिबद्ध पनि भइसकेको कुरा पत्रपत्रिकामा उल्लेख भएका छन् ।
हुन त जब कुनै ज्योतिषले कुनै कुराको भविष्यवाणी गर्छन् त्यतिबेलै धेरैले पत्याउँदैनन् र वास्ता गर्दैनन् तर जब सोही कुरा केही समयपछि सामुन्नेमा आउँछ त्यसपछि मन आश्चर्यचकित हुन्छन् । सैन्ट जोन बोस्को, मीरजा गुलाम एल्तमा अदियाम, साइबाबालगायत थुप्रै ज्योतिर्विदले आˆनो भविष्यवाणी जनता सामु ल्याइसकेका छन् ।

No comments:
Post a Comment