ज्योतिषशास्त्रसँग
हाम्रो समाजको शङ्का, डर र विश्वासको अनौठो सम्बन्ध छ। हाम्रा पत्रिकाको
एउटा आकर्षण राशीफल हो। मैले पत्रिकामा राशीफलबाहेक अरू पढ्दै नपढ्ने मानिस
धेरै देखेको छु। प्रायः हामी सबैलाई आफ्नो राशी थाहा छ। अनि कतै राशी
चरित्र वा त्यस्तै वर्णन गरेको फेला पर्यो भने हाम्रो आँखा त्यतातिर
गइहाल्छ। त्यस्तै हात हेर्ने अर्को विद्या छ। हामीमध्ये कतिले हात हेराएका
छौँ होला, र कतिले चाहिँ डरले नहेराएको पनि हुन सक्छ केही नराम्रो भनिदियो
भने भनेर। कतिपय हामीहरूले रङविरङका पत्थर जडित औँठीहरू औँलामा लगाएका पनि
होलाऊँ – हरियो, सेतो, पहेँलो आदि पत्थरका। कुन रङको पत्थर कुन औँलामा
लगाउने भन्ने पनि शास्त्र छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा चारै
औँलामा औँठी लगाउँथे प्रधानमन्त्री हुँदा। त्यस्तै पूर्व प्रधानमन्त्री
कोइरालाको हातमा पनि हामी विभिन्न रङका पत्थरजडित औँठी देख्छौँ।
ज्योतिषशास्त्रको काम भविष्यवाणी गर्नु हो – व्यक्तिविशेषको जीवनसँग सम्बन्धित र राष्ट्र, राजनीति आदिको पनि। त्यति मात्र होइन ज्योतिषशास्त्रले भूकम्प, ग्रहण आदिको पनि भविष्यवाणी गर्छ। व्यक्तिगत जीवनसँग सम्बन्धी भविष्यवाणीलाई चाहिँ मार्गनिर्देशनको रूपमा अपनाउने मानिसहरूको ठूलो जमात छ। के गर्दा राम्रो हुन्छ? नराम्रा कुरालाई कसरी पन्छ्याउने? आदि। यससँग सम्बन्धी एउटा रमाइलो प्रश्न हो – के त ज्योतिषीको कुरा पुग्छ त? यसमा विश्वास गर्ने मानिसहरूलाई सोध्नुभयो भने उनीहरू भन्छन् केही न केही पुगेकै छ। फ्रान्सका नोस्त्रादेमसले सोह्रौँ शताब्दीमा २००० वर्षको लागि लेखेको भविष्यवाणी सबै पुगिराखेको छ भनेर विश्वास गर्ने मानिसको ठूलै समूह छ पश्चिममा।
ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रुप नै अर्को जस्तो भैसक्यो। ज्योतिषशास्त्रको मूल आधार पृथ्वीकेन्द्रित खगोलविज्ञान हो। पृथ्वीलाई केन्द्रमा राखेर सूर्य, चन्द्र र अरू ग्रहहरू परिक्रमा गरिरहेका हुन्छन् भन्ने आधारभूत मान्यतामा परम्परागत ज्योतिषशास्त्र अडिएको थियो। पश्चिममा यो धारणामा परिवर्तन आए पनि हाम्रोमा भने त्यो आधारमा परिवर्तन आएको छैन। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पैदा गरिरहेको हुन्छ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।
कुरा सुरु गरौँ राशीबाट। राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ। यी राशीहरू हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन। एकमा मेष र एवम् क्रमले बाह्रमा मिन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेँडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि छन्। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्ष काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – मेष-मङ्गल, वृष-शुक्र, मिथुन-बुध, कर्कट-चन्द्र, सिंह-सूर्य, कन्या-बुध, तुला-शुक्र, वृश्चिक-मङ्गल, धनु-वृहस्पति, मकर-शनी, कुम्भ-शनी, मिन-वृहस्पति। राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ।
सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्। मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै।
यी केही उदाहरणहरू मात्र भए। फलादेश यति सजिलै चाहिँ हुँदैन। कुनै एउटा ग्रहको फलादेश गर्दा अरू सबै ग्रहहरूसँगको सम्बन्धलाई केलाएर मात्र गर्दछन् ज्योतिषहरू। जस्तो उदाहरणको लागि एउटा काल्पनिक कुण्डलीलाई लिएर हेरौँ।
यसमा
बाह्रवटा कोठा हुन्छ बाह्र राशीको लागि। चित्रमा १२ लेखिएको कोठालाई लग्न
भनिन्छ। लग्न जहिले पनि त्यही कोठा हो (यस्तो आकारले कुण्डली तयार पार्दा)।
यसलाई ल अक्षरले सङ्केत गर्ने पनि गरिन्छ। यो प्रथम भाव अर्थात प्रथम घर
भयो। १२ को मतलब यो मिन राशीको घर हो। मिनको स्वामी वृहस्पति हो। त्यसैले
यो कुण्डलीको जातकलाई ज्योतिषको भाषामा ‘मिन लग्न’ को भनिन्छ र वृहस्पति
चाहिँ ‘लग्नेश (लग्न + ईश)’ भयो। अब घडीको उल्टो दिशामा क्रमश द्वितीय,
तृतीय आदि भाव (घर) पर्दछन्। १ लेखेको घर द्वितीय भाव भयो जसको राशी हो
मेष। यो कुण्डलीको तेस्रो घर वृष राशीको हो। यसै प्रकारले राशीहरूको घर
निर्धाण हुन्छ जन्म समयको आधारमा।
अब अर्को कदम ग्रहहरूको स्थान खुट्याउनु हो। ग्रहहरू गतिशील भएकाले आफ्नै घरमा फेला नपर्न पनि सक्छन्। फेरि हरेक घरको आफ्नो आफ्नो प्रवृत्ति हुन्छ। यो कुण्डलीमा मेष (१) वा वृश्चिक (८) को स्वामी मङ्गल २ अर्थात वृष राशी (अर्थात शुक्रको घर) मा बसेको छ। अब यसमा कमसेकम तीनवटा कुरा ख्याल गर्नुपर्छ – यो घर तृतीय भाव हो, यो शुक्रको घर (वृष राशी) हो र यसमा मेष तथा वृश्चिकको स्वामी मङ्गल बसेको छ। जस्तो यो तेस्रो घरबाट विभिन्न फलादेशहरूमध्ये जातकको दाजुभाइको बारेमा पनि विचार गरिन्छ। जातकको दाजुभाइको बारेमा बताउनुअघि तेस्रो घरको स्वभाव, वृष राशी तथा यसको स्वामी शुक्र र मङ्गल ग्रहबीचको सम्बन्धको विश्लेषण गर्नुपर्छ। त्यस्तै ३ अङ्क लेखिएको घर कुण्डलीको चौथो घर हो। मिथुन राशीद्वारा अधिनस्थ घर हो यो। मिथुन राशीको स्वामी बुध हो र यहाँ आएर शुक्र बसेको छ। राहु र केतुको आफ्नो कुनै घर हुँदैन। सूर्य र चन्द्रको स्थितिको आधारमा यिनीहरूको स्थान निर्धारण हुन्छ। यो कुण्डलीमा यिनीहरू क्रमशः आठौँ र दोस्रो घरमा बसेका छन्।
कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात यो कुण्डलीमा १२, ३, ६ र ९ अङ्क भएका घरहरूलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक) को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। यो कुण्डलीको सातौँ घरलाई हेरेर (बुधको घरमा वृहस्पति बसेकोले) जातकको पति/पत्नी पढेलेखेको विद्वान/विदुषी हुन सक्छ भनेर अनुमान गरिन्छ। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानीको फलादेश गरिन्छ। द्वितीय घरले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। (आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको!) षष्ठम घरबाट स्वास्थ, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ। यो कुण्डलीमा चन्द्रमा र शनी आफ्नै घरमा बसेका छन्। चन्द्रमा बसेको घर कुण्डलीको पञ्चम घर हो। यो घरबाट कल्पना, कोमलताबाहेक सन्तान, विद्या आदिको पनि विचार गरिन्छ। चन्द्रमा नै स्वगृही भएर बसेकोले जातक विद्यावान, कल्पनाशील, विचारवान र सुन्दर सन्तानले युक्त हुने देखिन्छ
यहाँ उदाहरणमा दिइएका कुराहरू सतही फलादेश हुन्। पूर्ण फलादेशको लागि अरू धेरै कुराको विचार आवश्यक हुन्छ। एउटा हो दृष्टि। ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन्। कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर) मा ठाडो दृष्टि दिन्छ। यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ। प्रस्तुत कुण्डलीमा सप्तम घरमा रहेको वृहस्पतिले लग्नमा ठाडो दृष्टि दिएको छ। लग्नेश वृहस्पति नै हो। अनि दशम घरको मालिक पनि वृहस्पति नै हो। वृहस्पति केन्द्रमा रहेको र आफ्नो घरमा राम्रो दृष्टि दिएकोले जातकमा विद्या, कर्म, परिश्रम आदिको राम्रो सम्भावना कुण्डलीले देखाउँछ। त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि। शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। जस्तो यो कुण्डलीमा सप्तम घरमा रहेको वृहस्पतिले एकादश घरमा (१० अङ्क लेखिएको घर) विशेष दृष्टि दिएको छ। एकादश घरबाट आयेश विचार गरिन्छ। यो कुण्डलीमा यो घरको मालिक शनी हो। तर शनी द्वादशभाव अर्थात व्ययभावमा स्वगृही भएर रहेको छ। अब वृहस्पतिले आयस्थानलाई विशेष दृष्टि दिएकोबाट एउटा अनुमान के गर्न सकिन्छ भने जातकको आयको श्रोत विद्या वा विद्यासँग सम्बन्धित क्षेत्र नै हुन सक्छ। तर व्ययको घर बलवान भएकोले बचतमा समस्या देखाउँछ कुण्डलीले। दशम घर (कर्मभाव, यहाँ ९ अङ्क लेखिएको) वृहस्पतिको घर हो, जहाँ सूर्य र बुध दुई ग्रह बसेका छन् र मङ्गलको विशेष दृष्टि छ (आफूसँग समभावको शुक्रको घरमा बसेकोले मङ्गल कमजोर छैन), त्यसैले जातकको अध्यवसाय अध्ययन अनुसन्धान वा कुनै वैज्ञानिक कर्म नै हुन सक्छ भन्न सकिन्छ।
फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। यो कुण्डलीमा सूर्यबुध योग परेको छ। यसलाई ज्योतिषशास्त्रमा राम्रो मानिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो। उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि। दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषहरू।
यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ! यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाइ ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन।
ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ।
यी त भए ‘बाह्र सत्ताइस कुरा’। तपाईँलाई ज्योतिषमा विश्वास लाग्छ कि लाग्दैन थाहा छैन, मलाई चाहिँ रमाइलो लाग्छ। राशी, ग्रह, तिनीहरूमा आरोपित अर्थ र तिनको समन्वयबाट निकालिएको साङ्केतिक भविष्यवाणीबीचको सम्बन्ध साँच्चै नै अनौठो होइन त?

No comments:
Post a Comment