Saturday, July 20, 2013


आजको युग सूचना र सञ्चारको युग हो । यस सूचना र सञ्चारबीच सम्बन्ध स्थापित गर्ने काम कम्प्युटरले गरेको छ । अर्थात् आजको युग कम्प्युटरको युग हो । जसले गर्दा दूरसञ्चार मिडिया एवं सूचना प्रौधोगिकी क्षेत्रमा नयाँनयाँ क्रान्ति आइरहेको छ । साथै ज्योतिषको क्षेत्रमा पनि कम्प्युटरको व्यापक प्रचलन आइसकेको छ । यसको साथसाथै आज हरेकको मस्तिष्कमा कम्प्युटर सिक्ने नशा चढेको छ र शहरको प्रायः गल्लीगल्लीमा कम्प्युटर सिक्ने इन्स्िटच्यूटहरू चलाई व्यवासयकै रूपमा गइरहेको छ । यसको साथै सरकारी प्रशासनिक निकायमा पनि कम्प्युटरको प्रचलन बढेको छ ।
आज विश्वकै सबैभन्दा धनी व्यक्ति बिल गेट्स कम्प्युटरसँग सम्बन्धित माइक्रोसफ्ट कम्पनीका अध्यक्ष हुनुहुन्छ । यसरी कम्प्युटरबाट धनी बनिने लालसामा आज सबै कम्प्युटरको पछिपछि दौडिरहेका छन् भने कोही आधी अधुरो ज्ञान पाएर दिशाहीन विकासले पछि परेका छन् । कम्प्युटरको शिक्षा प्राप्त गर्न एवं यस क्षेत्रमा सफलता पाउन अथक मेहेनत, गणितमा निपुणता एवं भाग्यको समन्वय हुनु जरुरी छ । कम्प्युटरको ज्ञान हासिल गरेर मात्र पनि पुग्दैन, त्यसबाट आफ्नो आजीविका पनि चल्नु पर्‍यो र देश र समाजलाई पनि योगदान पुर्‍याउनु पर्‍यो । केवल फेशनको रूपमा मात्रै अपनाउँदा मात्रै पनि समाज अगाडि बढ्दैन । अतः र्सवप्रथम यो कुराको ज्ञान हुनु पर्‍यो कि सम्बन्धित व्यक्तिमा कम्प्युटर शिक्षालाई ग्रहण गर्ने र त्यसबाट आजीविका चलाउने क्षमता छ या छैन । ज्योतिष विज्ञानले यसबारेमा पर्ूण्ा रूपले मार्गदर्शन गराउन सक्षम छ । अब यसै विषयमा ज्योतिष दृष्टिबाट चर्चा गरौँ ।
ज्योतिषका विद्वान्हरूले बृहस्पतिलाई कम्प्युटरको प्रमुख कारक ग्रह मानेका छन् । साथै कम्प्युटरमा गणितको प्रमुखता रहेको हुनाले बुध ग्रह पनि सहयोगी हुन आउँछ । कालपुरुषको नैर्सर्गिक जन्मकुण्डलीमा द्वितीय एवं सप्तम भावको स्वामी शुक्र हुन्छ । द्वितीय भाव वाणी जीवनस्तर एवं उच्च शिक्षाको मानिन्छ भने सप्तम भाव यापारको -सप्तम भाव दशमबाट दशम हुनाले भावात् भवमको सिद्धान्तअनुसार) कर्म भाव पनि मानिन्छ ।अतः शुक्र ग्रह पनि कम्प्युटरको सहयोग ग्रह बन्न आउँछ । मेरो आफ्नो व्यक्तिगत अनुभवको आधारमा केतु ग्रहले पनि कम्प्युटर ज्ञानको क्षेत्रमा सफलता दिलाएको पाएको छु । कम्प्युटरसँग निम्नलिखित भावहरू सम्बन्धित हुन आउँछन्(
क) द्वितीय भाव(  यो भाव उच्च शिक्षा, वाणी आदिको मानिन्छ । अतः यसको स्थिति सुदृढ भएमा व्यक्तिमा कम्प्युटर शिक्षाको सम्भावना बढ्दछ ।
ख)तृतीय भाव:- यो भाव पहल (Initiation), दूरसञ्चारको मानिन्छ । अतः यो पनि कम्प्युटरसँग सम्बन्धित हुन आउँछ ।
ग) पञ्चमभाव:- यो बौद्धिक जगत्को भाग हो । कम्प्युटरमा बुद्धिको बढी आवश्यकता रहन्छ ।
घ) सप्तम भाव:- यो भावकर्मको सहयोगी एवं व्यापारको भाव मानिन्छ ।
ङ) दशम भाव:- यो कर्म र आजीविकाको भाव हो ।
च) एकादश भाव:- यो आय, लाभ र मनोकांक्षाको भाव हो ।
क) जीवे केन्द्रकोणे पलिनि शुक्रज्ञे˜थे गणितज्ञ’ अर्थात् गुरु केन्द्र या त्रिकोणमा, शुक्र बलवान् एवं बुध द्वितीयस्थ भएमा कम्प्युटर शिक्षामा सफलता पाउँछ ।
ख) केन्द्र त्रिकोणे जीवे, शुक्रस्वोच्च गते यदि वाग्यावपेन्दुपुत्र वा, गणितज्ञो भवेन्नर’ अर्थात् गुरु केन्द्र या त्रिकोणमा र शुक्र अथवा बुध उच्च भए कम्प्युटर शिक्षाको योग भन्दछ ।
ग) धने भौम शुभदृष्टि गणितज्ञः अथवा चन्द्रा रोधनेज्ञ दृष्टो केन्द्रे बुधे वा कुजे गणितज्ञः’ अर्थात् धन स्थानमा मङ्गल शुभ ग्रहले दृष्ट भएमा अथवा धनस्थानमा चन्द्र र मङ्गल दुवै भएमा उपयुक्त योग बन्दछ ।(जातक तत्वम)
उपयुक्त योगमा प्रायः गणित शब्दको प्रयोग भएको हुनाले त्यस्ता व्यक्तिहरू गणित, विज्ञान, अकाउन्टेन्सी, एफेमरिज एवं कम्प्युटरको क्षेत्रमा सफलता एवं मानसम्मान पाउँदछन् ।
                                                                                     http://www.jyotishmagazine.com  bata

No comments:

Post a Comment