Sunday, July 21, 2013

ज्योतिषशास्त्रको उत्पत्ति र विकासक्रम
डा. मिलनरत्न शाक्य
 

 ज्योतिषशास्त्रको गूदरहस्य ब्रम्हाण्डको सृष्टि संरचना र त्यसको अवधारणामा व्याप्त छ । भौतिक एवं आध्यात्मिक प्रकृतिबाट यो शास्त्रका दुई अवधारणा ऐश्वर्यसृष्टि भौतिक वा प्राकृतिक सिद्धान्त जसमा भौतिक एवं आध्यात्मिक उत्पत्ति ग्रह, नक्षत्र, तारामण्डल तथा पृथ्वीको उत्पत्तिका भौगर्भिक तथ्य समाहित छ ।

ज्योतिर्विज्ञानको उदय

ज्योतिर्विज्ञानका रूपमा कहिलेदेखिन विकसित हुन थाल्यो यकिनसाथ भन्नसक्ने स्थिति छैन । तथापि प्रागैतिहासिक जनजीवनमा निस्तब्ध अँध्यारो रातमा चम्किरहेका तारापुञ्ज, दिनरातको गति, कालक्रम, जन्म-मृत्युको प्रश्नले एकातिर मानिसलाई गम्भीररूपमा सोच्न तथा घोरिन बाध्य बनाएका थिए भने अर्कोतिर 'गणना' र संस्मरणलाई दिगो बनाउन गुफा कन्दराहरूमा चित्रआकृतिहरू कुँदेर सूर्यका प्रतिबिम्बहरू बनाएको पाइन्छ । तथापि, यसको चरमोत्कर्ष सभ्यताकालीन समाजमा चुलिसकेको विद्यमान हुन्छ । यसर्थ अन्दाजी आजभन्दा पुग्नपुग ३२००० वर्ष पहिलेदेखि १५००० वर्ष पहिलेको बीचको समयमा मानिसहरू ग्रह, नक्षत्र, तारा पुञ्ज र त्यसको प्रत्यक्ष-अप्रत्यक्ष जीवन-जगत्मा पर्ने प्रभावबारे सचेत भइसकेको देखिन्छ ।

आकाशमा व्याप्त सूर्यको उष्णता, चन्द्रको शीतल ज्योत्सना, अयन, धुम्रकेतु, उल्का पिण्ड-वृष्टिबाट भयग्रस्त मानसपटलले-पूजा, प्रार्थना, पाठ वा स्तुतिक्रमको थालनी वैदिक कालदेखि व्याप्त रहेको पाइन्छ । ऋग्वैदिक समाजमा उषस्, दिवा, दिवाकर, दिनकरका रूपमा सूर्यको स्तुति र एउटा चक्रका रूपमा कल्पना गरेका पाइन्छ । एउटा चक्र तीनतिर घुम्ने भन्ने उक्तिबाट सूर्यलाई व्याप्तिका स्वरूपमा उल्लेख गरेको भेटिन्छ । वेदाङ्ग ज्योतिषीमा यस उक्तिलाई 'जसरी मयूरको प्वाँख तथा सूर्यका मणि जगत्मा श्रेष्ठ छन् ठीक त्यसै प्रकारले वेदाङ्ग शास्त्रमा ज्योतिष सर्वश्रेष्ठ भनी स्थापित भइसकेको विदित हुन्छ । सूर्यसिद्धान्तमा ज्योतिषी विद्यालाई 'परमपवित्र र रहस्यमय' मानेको छ । वेदाङ्ग ज्योतिषले सरदर ३० दिनको १ महिना, १२ महिनाको एक वर्ष र वर्षमा ३६० दिनको अवधारणा पूणिर्मान्त तथा अमान्त दुवै पद्धतिसहित अपनाएको पाइन्छ । चन्द्रमाको आरोह-अबरोह सपातको ज्ञानका अतिरिक्त चन्द्रकला, त्यसको दीप्ती एवं प्रकाश, नक्षत्र, ग्रह, ग्रहण आदिको वर्णन 'तैत्तिरीय संहिता' मा पाइन्छ । त्यसमा पृथ्वीको गोलत्व, सूर्यराशिहरूको सात वर्णको ज्ञान, चन्द्रमाको गतिको आधारमा 'चन्द्रमास'को उपयोग गरिएको पाइन्छ । वैदिक साहित्यमा अधिकमास, क्षयमास तथा दिनमान कृष्ण एवं शुक्लपक्ष, तिथि आदि वर्णन पाइन्छ । नक्षत्रहरूमा पुष्य, चित्रा, रेवती, मघा, फाल्गुनी आदि तथा तारामण्डलहरूमा सप्तषिर्,

स्वानमण्डल, शनिमण्डल, आकाशगंगा, नौकापुंज आदिको वर्णनका अतिरिक्त ग्रहण, उल्का र धूम्रकेतुको वर्णन 'अथर्वसंहिता' ले गरेको छ । वास्तवमा, उपयुक्त विवरण प्रसंगवश मात्र गरिएको छ तर त्यसको बारेमा विस्तृत विवरण भने पाइँदैन । वेदाङ्गकालमा मात्रै यस विधाको पूर्णरुपेण विकास भएको देखिन्छ । जसमा सूर्य र चन्द्रमाको गतिको उल्लेख पाइन्छ तर ग्रह तथा राशिहरूको वर्णन पाइँदैन । वेदाङ्गकाल १२०० ई.पू. तिरको मानिन्छ ।

मनुस्मृति

यसमा कालगणना र समयका एकाइको बारेमा वर्णन पाइन्छ । यसको गणनाअनुसार कल्पको आरम्भदेखि सृष्टिको आरम्भ दर्शाइएको छ र प्रत्येक कल्पको अन्तमा 'महाप्रलय' हुने तथ्य छ । महाप्रलयपश्चात् पुनः नवीन सृष्टि आरम्भ हुने उल्लिखित छ । यस ग्रन्थको 'काल गणना' अध्यायमा पृथ्वीले सूर्यको परिक्रमा गर्ने र सौर परिवार आˆनो रेखीयपिण्डको परिक्रमा गर्दे घुमिरहेको तथ्य प्रकाशित छ । मनुस्मृतिको रचनाकालपश्चात् महाभारतमा ज्योतिषशास्त्रका बारेमा यत्रतत्र वर्णन पाइन्छ । महाभारतमा पृथ्वी गोलो भएको कुरा पनि छ । महाभारतको शान्तिपर्वमा मनुष्यले चन्द्रमाको पिठ्यूँ कहिले पनि नेदेख्ने जस्ता परिकल्पनाको बोध भए तापनि यसमा राशिमण्डलको उल्लेख भेटिँदैन । चन्द्रमासको कल्पनाको आधारमा ज्योतिषीको ज्ञान र भीष्मपर्वमा उत्तरायण दक्षिणायनको बारेमा वर्णन भेटिन्छ । महाभारतपछि पौराणिक साहित्यमा ज्योतिष साहित्यको विकास भएको देखिन्छ । जसमा अग्निपुराणको मुख्य स्थान छ । द्वैययानमुनि वेदव्यास प्रणीत यस पुराणमा मानववंश, भद्रमण्डल, वास्तुमण्डल, स्थापना, पूजन, दिन, नक्षत्र, मास, वर्ष, ऋतु आदिका महिमासहित राशि, अष्टवर्णका वर्णन भेटिन्छ ।

श्री गर्गसंहिता- यस संहिताको महिमा गोविन्दस्तुति रहे तापनि श्री

विज्ञानखण्डमा भक्तिमहिमाको प्रसंगले मन्दिर, वास्तु र ज्योतिषसम्बन्धी केही लक्षणहरू भेटिन्छ । त्यस्तै, पद्यपुराण, विष्णु धर्मात्तर पुराण, बराहपुराण आदिमा वास्तु लक्षण, प्रतिमा विज्ञानका अतिरिक्त ज्योतिषी स्थापना विधिका बारेमा वर्णन भेटिन्छ । उपर्युक्त पौराणिक

साहित्यका अतिरिक्त मुख्य ज्योतिष साहित्यमा- आर्यभट्ट -सन् ४९९ ई.)द्वारा लिखित 'आर्यभटीयसिद्धान्त' ग्रन्थलाई आधिकारीक मानिन्छ । आर्यभट्टको जन्म सन् ४७६ मा कुसुमपुर -हालको पटना)मा भएको थियो । उनको सिद्धान्तअनुसार- 'सूर्य पृथ्वीको परिक्रमा एक मध्ययुगमा ४३,२०,००० पल्ट हुन्छ ।' त्यस्तै चन्द्रमा यस अवधिभित्र ५,७७५३,३३६ पल्ट र पृथ्वी १,५८,२२,३७,५०० पल्ट घुम्छ । यस प्रकार एक वर्षमा चन्द्रमा पृथ्वीलाई १३३ पल्ट घुमेर आˆनो दूरी ३६६ पल्ट घुमी सक्छ । यसरी सर्वप्रथम पृथ्वीको दैनिक गतिको मापनलाई स्वीकारोक्तिको बिन्दुसम्म ल्याइपुर्‍याउने अवस्था सिर्जित यिनैले गरेका थिए । आर्य भट्टको समयमा नेपालमा लिच्छवि राजा मानदेव प्रथमको काल थियो । जतिबेला गणितीय एवं ज्योतिषीय नियमको परिधि फराकिलो हुँदै थियो । उनले प्रतिपादन गरेका सिद्धान्तअनुसार एक परिधिको छैटौं भागको "ज्याँ" र त्यसको "त्रिज्याँ" को बराबर हुन्छ तथा एक वृत्तको व्यास २०,००० हो भने त्यसको परिधि ६२८३२ हुन्छ । यसर्थ व्यास र परिधिको अनुपात १ः३.१४१६ हुन्छ भन्ने शुद्ध प्रमाणित गरेका हुन् । यिनैले उत्तरी तथा दक्षिणी धु्रवको स्थिति तथा पृथ्वीको अक्षांश रेखाहरूको वर्णन गरेका थिए । सूर्य र चन्द्रको ग्रहणको गणना पनि यिनले गरेका थिए । यिनकाअनुसार एक वर्षमान बराबर ३६५ दिन, १५ घटी, ३१ पल र १५ विपल -३६५ दिन, ६ घण्टा, २१ मिनेट र २.५ सेकेण्ड) हुन्छ । यो नक्षत्र र सौर वर्षको अवधि शुद्ध मानिन्छ किनभने एक सायन वर्षको मान ३६५ दिन, ५ घण्टा, ४८ मिनेट र ४६ सेकेण्ड हुन्छ ।

बराहमिहिर- आर्य भट्टपछिको प्रसिद्ध प्राचीन ज्योतिषी बराहमिहिर भए । यिनको जन्म ५०५ ई. तथा मृत्यु ५८७ ई. मा भएको मानिन्छ । नेपालको परिप्रेक्ष्यमा यिनको समय लिच्छविराजा मानदेव प्रथमको अवसान र मही देव र वसन्त देवको कालमा जन्म भएको मानिन्छ भने भौम गुप्तको एक छत्रको समयमा अन्त भएको मानिन्छ । नेपालमा यिनको समयको सेरोफेरोमा ई.सं. ५७३ तिर देश वर्माले पहिले माटाका बनेका बागमती र मणिमतीको दोभानमा स्थापित मूर्तिलाई पहिलोपल्ट ढुङ्गामा कुँद्न लगाई प्रतिस्थापित गरेकोले कला वास्तु कला र स्थापन्यको इतिहासमा समेत यो समय महìवपूर्ण मानिन्छ ।

बराहमिहिरद्वारा लिखित "पञ्चसिद्धान्तिका"मा यिनले ग्रहणको नियम तथा राशिहरूको वर्णन खुलाएका थिए । यिनले गुरुत्वाकर्षण सिद्धान्तलाई पहिलोपल्ट चुम्बकीय आकर्षणका रूपमा व्यक्त गर्दै- "पृथ्वीको कुनै आधारमा नटेकिकन आˆनै धुरीमा अन्तरिक्षको निहारिकामा यसरी जमेको छ कि जसरी दुई चुम्बकको बीचमा फलामको गोला" भन्ने उपमा प्रयुक्त गरेका थिए । पृथ्वीको गुरुत्वलाई स्वीकारे तापनि यिनले पृथ्वीको आवर्तन -दैनिकगति) लाई मानेका थिएनन् । यिनले चन्द्रमाका कलाहरू, भूकेन्द्र, पृथ्वीको गति नाप्ने विधि तथा यन्त्र प्रकाशमा ल्याएका थिए । समयको ज्ञानका लागि पहिलोपल्ट "पानी घडी" को प्रयोग यिनले ल्याएका थिए । ग्रहणको कारण छायाँ हो भन्ने ज्ञान यिनलाई थियो ।

पाइथागोरस, हिपार्कस, टालमी

यसपछि ज्योतिष शास्त्रको विकासक्रममा पश्चात्यमूलकका पाईथेगोट्स -ई.सं. ७३०) को नाम आउँछ जसले पृथ्वी आˆनो अक्षमा घुम्ने र अन्तरिक्षको बेलामा अडेको अनुमान लगाए । यिनी त्यो ज्योतिषी थिए जसले यो शास्त्रको पूर्णताका लागि सर्वप्रथम भारतको पनि भ्रमण गरेका थिए । पूर्वेली र पश्चिमेली संस्कृतिको यिनमा ज्ञान थियो । यद्यपि तारा नक्षत्र र ग्रहको प्रकरणमा प्राचीन युनान, मिश्र, बेबीलोन र चीनका ज्योतिषीहरूलाई बिर्सन सकिन्न । त्यतिबेला सूर्य स्थिर थियो कि चलाएमान ? भन्ने विषयमा तर्क थियो । मिश्री ज्योतिषी हिपार्कस र टालमी ले ई.पू. १४६-१२७ ताका सिकन्दरिया -ब्भिअबलमचष्ब)मा बेधशाला हालेर करिब ८५० ताराहरूको सूची तयार पारेका थिए ।

किनभने ई.पू. २६४-२४० ताकाका यूनानी ज्योतिषी एसिस्टार्कसले पृथ्वी स्थिर रहेको र अन्य ग्रह यसरी वरपर घुम्ने विचार व्यक्त गरेका थिए । यसलाई अर्को यूनानी ज्योतिषी आर्कमिडिजले मिथ्या सावित गरेका थिए तर टालमीले ई. १२७ तिर पृथ्वीलाई सम्पूर्ण ब्रम्हाण्डको केन्द्र माने, यो विचार यति सुदृढ थियो कि १५०० वर्षसम्म कसैले चुनौति दिन सकेन । ज्योतिषविद कोही भएनन खाली भास्यकार भए । यतिन्जेल टालमीले १०२२ ताराहरूको अध्ययन गरी भ्याएका थिए । टालमीको सिद्धान्त निकोल्स कपरनिकल -१४७३-१५४३)सम्म वेद-पुराणका वाक्य सरह अकाट्य थिए । टालमीले पृथ्वीको रूप यसरी बेलागमा टिकेको, आकाशीय पिण्डहरूको वृत्ताकारमा परिक्रमण हुने र चन्द्रमाको गति एवं व्यासको वर्णनका साथै पृथ्वीबाट सूर्यसम्मको दूरी पत्ता लगाएका थिए ।

मध्यकाल ज्योतिष शास्त्रको इतिहासमा क्रान्तिकाल मानिन्छ । यतिबेला थुप्रै पुरातनवादी सोचमा परिवर्तन र नवीन प्रविधि र सिद्धान्तको प्रतिपादनले यस विधा परिवर्तन ल्याएको थियो । ज्योतिषीग्रन्थ वृहतसंहिता, वृहज्जातकका लेखक ज्योतिष- बराहमिहिरपछि बाह्रौँ शताब्दीमा भास्कराचार्य द्वितीय प्रसिद्ध ज्योतिष भए । यद्यपि, ई. ९६६ ताका उत्पलले बृहज्जातकमाथि टीका लेखेका थिए । यसपछि, धारेश्वर भोज -ई.१०००-१०५०), विज्ञानेश्वर -१०८०-११००), लक्ष्मीधर -११००-११३०), जीमूतवाहन -११००-११५०), प्रायश्चित प्रकरणका रचयिता भवदेव भट्ट -११००-११५०) र अपरार्क -११००-११३०) पछि भास्कराचार्य -१११४-११८३) जो सिद्धान्त शिरोमणिका लेखक जसरी एक अंश लीलावती नेपालमा लोकपि्रय छ," को उदय भयो । यिनले ११५० मा धारेश्वर भोज, जीमूतवाहन, भवदेव भट्टको उत्तरार्द्धमा 'सिद्धान्त शिरोमणि' रचेका थिए । यिनले पृथ्वीको गुरुत्वाकर्ष शक्ति गोलाईका कारणले अन्तरिक्षमा निराधार घुमेको बताए । यसलाई पहिले च्याप्टो भनी परिकल्पना गर्नाको कारण भूमिको तुलनामा मानिस अत्यन्त सूक्ष्म हुनु हो अतः उसको दृष्टि जहाँसम्म फैलिन्छ त्यहाँसम्म सपोट र च्याप्टो देखिनु स्वाभाविक हो । यिनले पृथ्वीको परिधिको विषयमा "उज्जयिनीको आक्षांश २२.५ भएकोले, भूमध्य रेखाबाट यहाँको दूरी नापेर १६ गुणा गरेमा पृथ्वीको परिधि ज्ञात हुने तथ्य सावित गरेका थिए । यिनले पृथ्वीको परिधि र व्यासको अनुपात ३.१४१६ मानेका थिए जो आधुनिक मान्यताअनुसार ३.१४२८ को सन्निकट हुनाले शुद्ध मानिन्छ ।

भास्कराचार्यपछि चतुवर्ग चिन्तामणिका लेखक हेमाद्री -१२६०-१२७०), व्यवहार निर्णयका लेखक वरदराज -१२००-१३००), गृहस्थरत्नाकरका रचयिता चण्डेश्वर -१३००-१३००), वैदिक संहिता एवं ब्रम्हाण्डहरूका भाष्यका सङ्ग्रहकर्ता सायणाचार्य -१३००-१३८०), पाराशस्मृतिका टीकाकार एवं सायणका भाइ माधवचार्य

-१३००-१३८०), धर्मतत्वकलानिधिका लेखक र नागमल्लको छोरा पृथ्वीचन्द्र -१३७५-१५००), तन्त्रवार्त्तिकका टीकाकार सोमेश्वर -१४००-१५००) श्राद्धविवेकका लेखक रुद्रधर -१४२५-१४६०), तीर्थचिन्तामणिका लेखक वाचस्पति -१४२५-१४९०), प्रायश्चितसारका लेखक नृसिंहप्रसाद -१४९०-१५१५), श्राद्ध क्रियाकौमुदीका लेखक गोविन्दानन्द -१५००-१५४०), प्रयोगरत्न र अन्त्येष्ठि पद्धतिका लेखक नारायण भट्ट -१५१३-१५८०), रघुनन्दन -१५२०-१५७५), टोडरानन्द -१५२०-१५८९)का कर्मविपाक जस्ता ग्रन्थहरूले ज्योतिष साहित्यको मध्यकालीन भण्डारण भए । यसका अतिरिक्त नेपालको राजकीय वीर पुस्तकालयमा संक्षित थुप्रै ज्योतिषी सम्बन्धित ग्रन्थ सूचीहरूमध्ये हस्तलिखित 'वृहज्जातक' जातक पारीजात, 'वृहत्पाराशरी, 'लघुपाराशरी', 'मानसार' जस्ता ग्रन्थहरूले फलित, सिद्धान्त र गणित त्रिविध पक्षको उजागर गर्दछ । यसै मध्यकालिक ज्योतिषीहरूको क्रममा भास्कराचार्यपछि नाम आउने कमलाकर भट्ट हुन् । सन् १५३० ताका जन्मेका यिनले प्रसिद्ध ग्रन्थ "सिद्धान्त तìव विवेक" काशीमा तयार गरेका थिए । मध्यकालिक कान्तिपुरका राजा लक्ष्मी नरसिंह मल्ल समकालिक यिनले पृथ्वीको 'सम्पात' मा गति भएको जसबाट 'धु्रवतारा' समेत चलायमान रहेको बोध गराएका थिए । वर्तमान धु्रवतारा ठीक धु्रवमा अडीग नभएको हुनाले सन्ध्या र प्रातः कालमा त्यसको अवस्थितिमा विभेद रहेको मानिन्छ । आधुनिक ज्योतिष शास्त्रमा धु्रवतारा आˆनो धु्रवबाट १० -एक अंश) हटेको दृष्टिगोचर हुन्छ तथा संपातको गतिका कारण सदा उत्तरमा हुँदैन । यिनले अक्षांश र देशान्तरको वर्णनका साथै, ग्रहण, मेघबादल, बर्फ, असिना, उल्कापात र भूकम्पको वैज्ञानिक कारणसमेत प्रस्तुत गरेका थिए । कमलाकरको मान्यतालाई मध्यकालीन नेपालमा उचित स्थान दिएको पाइन्छ । त्यसो त अभयमल्लको पाला सन् १२०० तिर देखि नै नेपालमा भूकम्पको प्रकोपको मापन तथा अभिलेखन हुन थालेको पाइन्छ । तसर्थ, त्यो प्राकृतिक कारणबाट हुने दुर्गति निवारणार्थ पाठ पूजा, मन्त्र जप, धारणीको हिन्दु एवं बौद्ध पद्धतिबाट उपचार क्रमको थालनी भए तापनि ज्योतिषीय जिज्ञाषा र कौतुहलको सन्तुष्टिका लागि आˆनै ढंगको परम्परागत खोजीसमेत तन्त्रको माध्यमबाट भएको ऐतिहासिक तथ्य भेटिन्छ । यसै प्रसंगमा प्रताप मल्लको पालामा लेखिएको ने.सं. ७७३ -ई.वि. १६५३) चैत्र महिनामा लेखिएको "पञ्चरक्षाधारणी" र सप्तबाट धारणी यसको उदाहरण हुन् ।

 


No comments:

Post a Comment